काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
देशभरीका प्रयोगशालाहरुबाट ४ हजार २ सय ८९ वटा पीसीआर परीक्षण गरिएको थियो । जसबाट ४५१ जनाको एन्टिजेन परीक्षण भएका छन् । पीसीआर विधिबाट ५८० र एन्टिजेन विधिबाट २३ जना गरी ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार हाल देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।
जसमध्ये ४५७ जना होम आइसोलेसन र ३ हजार ५ सय ३९ जना रहेको स्वास्थ्य प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२९ जना डिस्चार्ज भएका छन् । भने हाल ७९ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया