गर्भवती ४ नेपाली अभिनेत्री (भिडियो रिपोर्ट सहित)

काठमाडौं- नायिका प्रियंका कार्कीले गत चैत २० गते बेबी बम्प सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिइन्। श्रीमान् आयुष्मान देशराज जोशीसहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै उनले लेखेकी थिइन्, ‘‘हो, हामी गर्भवती छौं, तपाई सोध्न छाड्नुस् ।’

यसपछि चैत २२ गते उनले फेरि बेबी बम्पसहितको सिंगल तस्वीर सेयर गर्दै लेखिन्, ‘मलाई आशा छ, तिमी सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला ।’ प्रियंकाको बेबी बम्प सार्वजनिक गर्ने क्रम यतिमै रोकिएन । चैत २३ गते उनले फेरि अर्काे तस्वीर सेयर गर्दै लेखिन्, ‘हाम्रो सानो चमत्कार’

प्रियंकाको बेबी बम्पले सामाजिक सञ्जाल तातिरहेका वेला नायिका ऋचा शर्माले पनि आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । नयाँ बर्ष २०७८ को पहिलो दिन सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेकी छिन्।

ऋचाले लेखेकी छिन् –‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भैरहेको छ ।’

श्रीमान् दिपेक्ष विक्रम राणासँगै सजिवनको रुख रोपेर पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनी अगाडि लेख्छिन्– ‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमान्ले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरु सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणाले गतबर्षको वि.सं २०७६ सालको मंसिर १९ गते विवाह गरेका थिए।

हालै बेबी बम्प सार्वजनिक गर्ने अर्की अभिनेत्री हुन् नायिका गरिमा पन्त । उनले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’

गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन्।

यस्तै हाँस्य टेलसिरियल ‘भद्रगोल’ र ‘सकिगो नि’ बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ पनि आमा बन्ने तयारीमा छिन्। रक्षाले पनि केही दिनअघि मात्रै आप्mनो बेबी बम्प सार्वजनिक गरेकी थिइन् । उनले बेबी बम्पको तस्वीर सेयर गर्दै लेखेकी थिइन्, ब्यग्र प्रतिक्षामा रहेको सानो मान्छे।

करिब १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन्।

पछिल्लो समय नेपाली अभिनेत्रीहरुमा पनि बेबी बम्प सार्वजनिक गर्ने लहर चलेको छ । यस अघि निशा अधिकारी, सञ्चिता लुईंटेल, सिर्जना सुब्बा, युना उप्रेती, ऋचा घिमिरे, जेनिशा मोक्तान, क्षितिजा शाक्य, विनिता बराल, झरना बज्रचार्य, माल्भिका सुब्बालगायतका सेलिब्रिटीहरुले पनि बेबी बम्प सार्वजनिक गरेकी थिइन्।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?