काठमाडौं । प्यूठानको स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको जीप स्वर्गद्वारीको रुमाले भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि २ जनाको घटनास्थल र अन्य तीनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेहरुमा गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्की रहेका छन् ।
त्यस्तै दुर्घटनाबाट गम्भीर घाईते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया