९ चैत्र २०७९, बिहीवार

एमालेद्वारा प्रत्यक्षतर्फ २३ उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

२०७४,आश्विन,२०,शुक्रवार ०२:२२

0
Shares

चितवन, २० असोज – नेकपा (एमाले) चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ ।समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ ।यस्तै क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्त तथा (ख) मा कृष्ण खनाल एवं क्षेत्र नम्बर २ को (क) मा विजय सुवेदी र (ख)मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ ।क्षेत्र नम्बर ३ को (क)मा कृष्ण भुर्तेल सर्वसम्मत भए पनि (ख)मा भने १० जनाको नाम आएकाले सबै नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको करिब ५० जनाको नाम आएकाले छनोट गरेर पठाइने एमाले चितवनका इञ्चार्ज खनालको भनाइ छ ।यसअघि नेपाली काँग्रेस चितवनले भने २७७ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ । नेकपा (माओवादी केन्द्र) चितवन भने छनोटको क्रममै रहेको जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०२:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००