चन्द्रागिरीबाट कोरोना फाइटरको सम्मानमा कविता वाचन

काठमाडौं । हामी कोरोनाको कहरमा छौं । अझ भनौं हामी कोरोना कहरको दोश्रो चपेटमा परिसकेका छौं ।

यस सँगै कोरोनाको संक्रमण कम गर्न, संक्रमितको उपचारमा संलग्न, कोरोना सँग निरन्तर जुधेर मानवसेवामा लागेकाहरुको सक्रियता अझै बढेको छ ।

गत सोमवार दर्जन बढी कविहरुले चन्द्रागिरी डाँडामा पुगेर अग्रमोर्चामा खटिएकाहरुमा समर्पित भएर कविता वाचन गरेका छन् ।

कविहरुले आफ्नो रचना मार्फत अग्रमोर्चामा खटिएकाहरुको मनोभाव र मानवताको मुक्तकण्ठले प्रशंसा र सम्मान गरेका छन् । कविहरु युवराज अधिकारी, कान्ती पराजुली, मोमिला, एलिशा ढुंगाना, राजेश्वर कार्की, इल्या भट्टराई, मणि लोहनी, किशोर पहाडी, दिनेश अधिकारी, प्रभा भट्टराई, लक्ष्मण गाम्नागे, तुलशी दिवश आदीले कविता बाचन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?