मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ वर्ष २०७८ को शुभ अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेको छ ।
उनले जारी गर्नुभएको शुभकामना सन्देशमा ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विविधताले युक्त यस पावन भूमि प्रदेश नं १ का स्वदेश तथा विदेशमा बसोबास गर्ने सबैलाई शुभकामना दिँदै हाम्रो प्रदेश सामाजिक सदाचार, आपसी मित्रता र अनेकताबीचको एकताको प्रतिविम्ब हो भने ।
यस्तो अलौकिक आनन्दमय प्रदेशमा बसोबास गर्ने यस प्रदेशका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई राष्ट्रियता, प्रजातन्त्र, आत्मसम्मान एवं मानवअधिकारको रक्षा र प्राप्तिका लागि निर्वाह गरेको अहम् भूमिकाप्रति प्रदेश प्रमुख प्यासीले हार्दिक धन्यवाद दिए ।
उनले महान, वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानीलाई पूर्ण गर्न अहोरात्र खटिने यस प्रदेशका र समग्र राष्ट्रका जिम्मेवार नेपाली नागरिकलाई होस्टेमा हैँसे गर्दै सम्मुन्नत राष्ट्रको विकासका निमित्त आह्वान समेत गरे । प्रदेश प्रमुख प्यासीले विश्व कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भई नसकेकाले सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया