काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ को जोखिम बढेकाले यसविरिुद्धको लडाइँमा सकारात्मक सहयोगको अपेक्षा गरे । नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन पनि सबैमा आग्रह गर्नुभएको छ ।
सिङ्गो मानवजगत् यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाइँमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीति अपनाइरहेको यहाँहरूलाई विदितै छ ।
यो लडाइँमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ” उपप्रधानमन्त्री पोखरेलले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गरी प्रत्येक व्यक्ति, नागरिक समाज, समुदाय सबैले ‘आफू बाँचौँ र अरूलाई बचाऔँ’ भन्ने भावनाका साथ स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरू कडाइका साथ पालना गरी–गराई एकजुट भई कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानमा सबैको सदाझैँ सहयोग र स्वास्थ्य मापदण्डको परिपालनाको जरूरत रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउनुहुन अनुरोध गर्दछु ।
उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न एकताबद्ध हुन सम्पूर्ण नेपालीलाई नयाँ वर्षले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया