काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७८ सालको सबै नेपाली दाजु भाई दिदी बहिनीहरुलाई शुभकामना दिएका छनु । पराष्ट्रपति पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरे ।
उनले अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया