काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउज सबैखाले प्रयत्न गर्ने बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै सापकोटाले यस्तो प्रतिवद्दता जनाएका हुन् ।संविधान सभामार्फत् नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनको चरणमा रहेको भन्दै उनले संविधानको मर्म, भावना अनुसार गर्नु पर्ने धेरै काम बाँकी रहेको सभामुख सापकोटाले बताए ।
मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहना सहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु”सभामुखले शुभकामना दिँदै भनेका छन्, “सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु । अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक छ ।
प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशीला तयार हुने उनको भनाइ छ । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया