मोटरसाइकल दुर्घटनामा परी पत्रकार नन्दरामको निधन

कपिलवस्तु । साँझ मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको निधन भएको छ ।

वाणगङ्गा नगरपालिका ८ मा ट्रकको ठक्करबाट उनी चढेको लु ५८६ प ६४४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पत्रकार पौडेलको मृत्यु भएको हो ।

घटनाको कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले पुष्टि गरे ।

नेपाल पत्रकार महसंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा स्थानीयवासी वसन्त गिरीका अनुसार मृतकको उमेर ४५ वर्ष भएको छ । बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक थिए । आज साझ पत्रिकाको सेटिङ्ग गरेर बुद्धमुमि ४ स्थित घर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?