नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

गुल्मी । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

मदाने गाउँपालिका १ अग्लुङ घर भएका ५ वर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ वर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार मंगलवार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?