नयाँ वर्षको शुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?