२०७८,बैशाख,२९,बुधबार

फेरि लकडाउन गर्न सम्भव नभएको भन्दै कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग


काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका सहमहामन्त्री एवम् समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नसमेत माग गरिएको छ । कांग्रेसले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित सङ्क्रमितलाई लक्षित गरी पिसिआर परीक्षण दायरालाई व्यापक बनाउन, कोभिड–१९ विरुद्धको आमजनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चितताका लागि उच्च कूटनीतिक पहल गर्नसमेत सुझाव दिएको छ ।

स्वास्थ्यकर्मीको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन, अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्यामा देखिएको कमीलाई तत्काल परिपूर्ति गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुलुकले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै कांग्रेसले वर्तमान परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ । सहमहामन्त्री डा महतले कोभिड–९ का कारण २०७८ सालमा सङ्कटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई अनिवार्य मास्क लगाउने, स्यानेटाइजर र साबुनपानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै सङ्क्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७७,चैत्र,३१,मंगलवार १९:४६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती