एन आई सी एशियाको नयाँ वर्ष योजना : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ वर्ष योजना अन्तर्गत डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace / Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५०० सम्म नगद रकम फिर्ता  प्राप्त गर्न सक्ने जनाएको छ ।

साथै, बैंकले Daraz सँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १५०० सम्म छुटको योजना समेत ल्याएको छ । नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने जनाएको छ ।

साथै, बैंकलेKathmandu Marriott Hotel / Drishya Lounge मा New Year Eve को दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरीMOMO App मार्फतNICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकहरूको लागि निशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको हुन पुगेको बैंकको दाबी छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?