२०७७ को अन्तिम दिन : शेयर बजारमा २३ अंकको बढोत्तरी

काठमाडौं । आर्थिक वर्ष २०७७ ले शेयर बजारमा सन्तोजनक छाप छोडेको छ ।

वर्षभरी उतावचढावका बीच अगाडि बढेको शेयर बजार वर्षको अन्तिम दिन मंगलवार २३.२३ अंकले बढेको छ ।

यस दिन ७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै,आज १ करोड १४ लाख भन्दा बढी कित्ता शेयरको किनबेच भएको छ । त्यस्तै, यस दिन ७६ हजार भन्दा बढी वटा कारोबार भएका छन् । मंगलवार बैंकिङ, ट्रेडिङ विकास बैंक,हाइड्रोपावर,वित्त कम्पनी, म्युचिअल फण्ड लगायतका उपसमूहहरुको कारोबार बढेका छ ।

मंगलवार एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त तथा ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ देखि १० प्रतिशत,सिन्धु विकास बैंक, छ्याङ्दी तथा माउन्टेन इनर्जी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत हाराहारी बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?