राजनीतिक अस्थिरताबाट मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व आवश्यक : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थीर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

मंगलवार चितवन पुगेको नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थीरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिनु पर्ने बताएका हुन् ।

उनले भने- ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरि निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधै पुरा गरेको र अहिले पनि पुरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आँफै अग्रसर भएको उनको दाबी छ ।

‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम गर्‍यो, न विकास निर्माणका कार्य गर्‍यो, विकास बजेट सम्म पनि खर्च गर्न सकेन ।’ भन्दै उनले भने ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाईसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

कांग्रेसका लागी महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण ? भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने- ‘हाम्रो लागी देश र जनता महत्वपुर्ण हुन ।अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौ ।’

साथै उनले कांग्रेसको आगामी महाधीवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?