भोलि नयाँ वर्ष : उदाउँदो सूर्यसँगै गर्नुहोस् जीवन बदल्ने १२ संकल्प

लोकपथ
13
Shares

काठमाडौं – नयाँ वर्ष भन्नासाथ नयाँ उमंग, चुनौती र अवसरहरुको ढोका । आफूमा कुनै नराम्रो बानी छ भने त्यसलाई परिवर्तन गर्ने उचित समय र आफूले आँटेताकेको काम पूरा गर्न पहिलो कदम चाल्ने शुभ अवसरका रुपमा लिइन्छ – नयाँ वर्षलाई ।

यस दिन नयाँ संकल्प गर्ने र वर्षभरि त्यसको पालना गर्नुपर्छ भन्ने मान्यता छ । यद्यपि, धेरैले त्यो संकल्प वर्षभरि आत्मसाथ गरेका भने हुँदैनन् । जे होस् यो संकल्प गर्ने संस्कृति कसरी शुरु भयो होला । यसको उत्तर हो – प्राचीन बेबिलोन शहर । बेबिलोनवासीहरुले भगवानको मन जित्नका लागि अनेक संकल्प गर्ने गरेको इतिहासले बताउँछ । नयाँ वर्षको शुरुवात सही तरिकाले गर्नका निमित्त उनीहरु भगवानसामू आफ्नो ऋण तिर्ने, सापटी लिएको कृषि उपकरण फिर्ता गर्ने संकल्प गर्दथे । अंग्रेजी नयाँ वर्षको यो रोचक किस्सासँगै हामी तपाईलाई केहि त्यस्ता संकल्पबारे जानकारी दिँदैछौँ जुन नयाँ वर्षको अवसरमा हरेकले अपनाउँदा राम्रो हुन्छ ।

सकारात्मक सोँच
भनिन्छ, जिन्दगी एक दौड हो । यहि दौडमा अब एउटा नयाँ अनि सुनौलो बिहानी भोलि तपाईको सामू खडा हुनेछ । नेपाली नयाँ वर्ष २०७८ भोलिबाट शुरु हुँदैछ । बैशाख १ गतेका दिन अर्थात् भोलि उदाउने सूर्य केहि विशेष छ र संकल्प गर्नको लागि उत्तम छ । हुन त नयाँ प्रण गरेर कामको थालनी गर्न कुनै विशेष दिन कुर्न नपर्नुपर्ने हो तर नयाँ वर्षको हर्षोल्लासपूर्ण बिहानीले हामीलाई उमङ्गीत पार्नेछ । त्यसबखत हामीले केहि संकल्प गर्ने प्रण दृढता गरी यसवर्ष भएका गल्ती सच्चाएर नयाँ वर्ष स्वागत किन नगर्ने ? त्यसैले पहिलो शर्त राख्नुहोस् – सकारात्मक सोँच
भोलिबाट म ; 

-म कसैको हानी /नोक्सानी गर्दिन ।

-म मेरा कारण शान्ति खल्बलाउँदिन र अरुलाई पनि शान्तिको सन्देश बाँड्नेछु ।

-म परिवारका सदस्यको लागि समय व्यवस्थापन गर्नेछु ।

-म कसैको चित्त दुखाउँदिन /सबैको भलो चिताउनेछु। 

-म भोलीको लागि काम साँच्दिन ।

-म राष्ट्रको सचेत नागरिक बन्नेछु ।  

-म झुटो कुरा /आश्वासन र वाचा बाँड्दिन ।

-म बालबालिका, विशेष अवस्थाका मानिस र वृद्धवृद्धालाई सम्मान र साथ दिनेछु ।

-म सकारात्मक भएर सोच्नेछु ।

-म वातावरणमा हानी पुर्याउने हर्कत गर्नेछैन ।

-म हरेकको अस्तित्व स्विकार्नेछु।

-म खाना खेर फाल्दिन।

-म कर्म गरी त्यसप्रति बफादार हुनेछु ।

-म आफ्नो कर्मबाट प्राप्त फलको केहि प्रतिशत दान गर्नेछु ।

-म मानव हुनुको दायित्व पूरा गर्दै पूर्ण मानव भएर समय बिताउनेछु ।

तपाईको यो वर्ष शुभ बितोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?