नेपालमा कोरोना अपडेट : थपिए ४६० संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको र भने ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि सोमवार नेपालमा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?