कोरोना जोखिम बढेपछि नाका निरीक्षणका लागि काठमाडौंका सीडीओ नागढुंगामा

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं भित्रिने नाकाहरुमा कडाई गर्न थालिएको छ ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपनि नाकामा लापरबाही भइरहेको भन्ने गुनासो आइरहेका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले नाकाको निरीक्षण गर्न नागढुंगा पुगेका हुन् ।

मंगलवार सीडीयो कालिप्रसाद अधिकारीले नाका चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरेका हुन् । सो क्रममा काठमाडौंका प्रहरी प्रमुख एसएसपी असोक सिंह पनि निरीक्षणमा गएका थिए ।

निरीक्षणका क्रममा नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएकोबारे समेत जाँच गर्न निर्देशन दिएको बताए । एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको भन्ने गुनासो आइरहेको र त्यसबारे सरकारलाई खबर गरेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?