रुपन्देहीमा नेपाल-खनाल पक्षको समानान्तर कमिटी घोषणा

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशभर समानान्तर गतिविधिलाई तिव्रता दिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट नेपाल-खनाल पक्षले आज रुपन्देहीमा पनि समानान्तर कमिटी गठन गरेका छन् ।

मंगलवार नेपाल-खनाल पक्षले राजु गुरुङको अध्यक्षतामा कमिटी घोषणा गरेको हो । त्यस्तै उक्त कमिटीमा २ सय ५ सदस्य रहेका छन् ।

आज उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा कमिटी घोषणा गरिएको हो ।

देशभरी समानान्तर गतिविधि गरिरहेको नेपाल-खनाल पक्षले यसअघि नै लुम्बिनी प्रदेशका ४ जिल्लामा समानान्तर कमिटी घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?