कोरोनाबाट बालबालिकालाई जोगाउन थप चुनौती थपियो : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । सरकारले कोरोना संक्रमणको कारण बालबालिकामाथि थप चुनौती थपिएको जनाएको छ ।

मंगलवार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले त्यस्तो बताएका हुन् ।

हाल १८ वर्षमाथिका लागि मात्रै कोरोना भ्याक्सिन नबनेको भन्दै मन्त्री त्रिपाठीले थप चुनौती थपिएको बताएका हुन् ।

कोरोना सक्रमणको धेरै जोखिम बालबालिकामा परेको भन्दै काठमाडौंसहित देशका ठूला विद्यालयहरुमा अनलाईन माध्यमबाट पठनपाठन गर्ने भनिएको मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाठीका अनुसार हालसम्म हालसम्म त्यसबारे कुनैपनि निर्णय भने भैसकेको छैन ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जनस्वास्थका मापदण्ड अपनाउन समेत आग्रह गरेका छन् ।

उनले भने(‘संक्रमण डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

मन्त्री त्रिपाठीले जेठ अन्तिम र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको बताएका हुन् ।

त्यस्तै मन्त्री त्रिपाठीले नेपालमा कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्न सक्ने बताएका छन् ।

मन्त्री त्रिपाठीले अहिलेको संक्रमणदरलाई हेरेर यो प्रक्षेपण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?