व्यवस्थापन समितिका सदस्यद्वारा प्रधानाध्यापकमाथि कार्यालय परिसरमै हातपात

काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित श्री राम चरित्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश साह माथि कार्यालय परिसरमा हातपात भएको छ ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य रुपेन्द्र कुमार कुशवाहाले आफुलाई हातपात गरेको प्रअ साहले बताएका छन् । त्यस्तै कुशवाहा सँगै आएको टोलीले विद्यालयको टेवल, कुर्सी टोडफोड गरेका छन्।

हातपात गर्ने रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षक माथि भएको दुर्व्यवहार र हातपात गर्ने उपर कडा कार्यवाहीको माग गर्दै नेपाल शिक्षक संघ गाउँपालिका कार्य समिति आर्दश कोतवाल ले एक प्रेस विज्ञाप्ती जारी गरेको छ ।

दोषीलाई कारबाही नहुनजेलसम्म आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको सम्पुर्ण सामुदायिक विद्यालय केही दिन सम्म बन्द रहने जानकारी गराइएको छ ।

त्यस्तै उक्त घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी प्रवक्ता सन्ज सिन्हाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?