नक्कली बैना कागज बनाएर ५० लाख ठगी गर्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?