२०७८,बैशाख,२९,बुधबार

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


काठमाडौं । बाँकेमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

चक्र बहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०७७,चैत्र,३१,मंगलवार १३:३७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको कारण

काठमाडौं । पर्सामा हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका छन् । अवैध वित्तीय

धनगढी । अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् ।

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५