भोजपुरमा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । भोजपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?