प्रधानमन्त्री ओलीले भोलि देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बुधवार नयाँ वर्षको अवसरमा उनले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो क्रममा उनले शुभकामनाका साथै कोरोना रोकथामका विषयमा केन्द्रीय रहेर सम्बोधन गर्ने बताइएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले विभिन्न सञ्चार जगतका सम्पादकहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?