वैद्य नेतृत्वको माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने संगठन तथा संघर्ष सम्बन्धी अभियान सञ्चालन गर्ने भएको छ ।

महासचिव वैद्यद्वारा जारी विज्ञप्तीमा पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले संगठन र संघर्षसम्बन्धी कामबारे आगामी वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

विज्ञप्तिमा संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुबाट संघर्षका कार्यक्रम सञ्चालनका लागि पहल गर्ने, सबै प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्ने लगायतका निर्णय गरेको उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?