आईपीएल : कोलकता र मुम्बई भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज मंगलवार कोलकता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

चेन्नईमा हुने कोलकता र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुनेछ ।

एमए चिदंबरम स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । आज कोलकता लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा कोलकताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकताले १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

साविक विजेता मुम्बई भने पहिलो जितको खोजीमा हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा मुम्बई बलियो देखिएको छ ।

पछिल्लो पाँच खेलमा मुम्बईले ४ र कोलकताले १ खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल मुम्बईले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?