प्रधानमन्त्री ओलीले भोलि सम्पादकहरुसँग भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार (भोलि) नयाँ वर्षको उपलक्षमा शुभकामना व्यक्त गर्दैछन् ।

नयाँ वर्ष २०७८ शुभारम्भमा प्रधानमन्त्री ओलीले देशबासीलाई शुभकामना दिन लागेका हुन् ।

यसैगरी विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले लोकपथलाई जानकारी दिए ।

‘नयाँ वर्षका अवसरमा प्रधानमन्त्रीले देशवासीलाई शुभकामना दिँदै विभिन्न सञ्चारमाध्ययमका सम्पादकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?