कोरोनाविरुद्धको दोस्रो डोज खोप अभियान बैशाख ७ देखि शुरु

काठमाडौं । सरकारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउने मिति सार्वजनिक गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले आगामी बैशाख ७ देखि ११ गतेसम्म कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने शुरु गर्ने जनाएको छ ।

यसअघि माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गर्दै पहिलो डोजको कोरोना खोप लगाएकालाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?