वर्षको अन्तिम दिन के भयो सुनचाँदीको मूल्य ?

काठमाडौं । वर्षको अन्तिमदिन मंगलवार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ सयले गिरावट आई प्रतितोला सुन ८९ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५० रहेको छ ।

सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ७५ रहेको थियो भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?