बोल्ने ढङ्ग नपुर्‍याउँदा जो आलोचित भए

काठमाडौं । २०७७ को बिदाईका लागि सारा नेपाल तयार अवस्थामा छ । कोरोना कहरले सिथिल बनाएको यो वर्षलाई हरकोहीले सजिलै बिर्सन सक्दैन ।

झन्डै साढे ६ महिना देशमा लकडाउन भयो । थुप्रै राजनीतिक तथा सामाजिक उतारचढावहरु भए । यिनै घटनाक्रम सँगसँगै कतिपय व्यक्तिहरु आफ्नो असल कर्मका कारण समाचारमा छाइरहे त कोही बोल्ने ढङ्ग नपुर्‍याएका कारण विवादमा परे ।

यसो त हामीकहाँ अयोग्य व्यक्तिको हातमा नेतृत्वको बागडोर रहेको भन्दै युवापुस्ता मुर्मुरी रहन्छन् ।

सभा, समारोह वा भेलामा भाषण दिँदै गर्दा बोली चिप्लिएर होस या अल्पज्ञानका कारण प्रश्नको उत्तर दिन असमर्थ रहेर नेपालका ‘हाइप्रोफाइल’हरु बेलाबेला विवादमा आइरहन्छन् । यसैमध्यका केही प्रतिनिधि पात्र यस्ता छन्,

बिचरा वनमन्त्री !

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले फाल्गुन १८ गते काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हावादारी वक्तब्य दिए ।

उनले ‘मान्छेले रुखबाट कार्बन डायअक्साइड लिने र रुखलाई अक्सिजन दिने’ बताएपछि उक्त भिडियो सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘भाइरल’ बन्यो ।

‘जुन रुखबाट हामीले कार्बनडायक्साइड पाउँछौँ, जुन रुखले हामीले अक्सिजन दिन्छौँ त्यही रुख काट्यो भने के हुन्छ ?’ उनले भनेका थिए ।

 

बिचरा हाम्रा वन मन्त्रीको अक्सिजन ज्ञान !

स्वास्थ्यमन्त्रीले नै मास्क नलगाए पछि…

नेपाल लगायत सारा विश्व नै कोरोनाको त्रासमा छ । कोरोना रोकथामका लागि नेपाल सरकारले गत वर्ष ११ चैतदेखि लकडाउनको घोषणा गर्‍यो । सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गर्‍यो ।

तर स्वयं नीति निर्माताहरुले नै मास्कलाई मजाक बनाए । विश्व स्वास्थ्य संगठनले सार्वजनिक थलोमा जाँदा मास्क लगाउन अनिवार्य भनेको छ । तर पनि हाम्रा नीति निर्माताहरु जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन । त्यसमा पनि स्वंयम स्वास्थ्यमन्त्रीले नै मास्क लगाउने कुरामा गम्भिर नहुँदा कस्तो सन्देश जाला ? त्यसैमध्यका एक पात्र हुन

तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ।

संसद प्रवेश गर्दा मन्त्री ढकालले मास्क प्रयोग गरेनन् । गत असार २४ गते गाडीबाट ओर्लिएपछि मन्त्री ढकाल संसद सचिवालयमा रहेकाहरुलाई नमस्कार गर्दै भित्र छिरेको दृष्य देख्न सकिन्छ ।

यो भिडियो हेर्नुहोस :

 

प्रधानमन्त्रीले रोष्टममै थुकेपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा करिव ४० मिनेट भाषण गरे । रोष्टममा बोल्दाबोल्दै प्रधानमन्त्रीको मुखमा केही अड्किएछ सायद । उनले राष्ट्रियसभाको रोस्ट्रममै थुकिदिए ।

प्रधानमन्त्री ओलीको यो सम्बोधन अधिकांश संचारमाध्यमले लाइभ गरेका थिए ।

यो प्रसंङ्ग २६ पुसको हो ।

प्रधानमन्त्रीले थुकेको भिडियो क्लिप अनलाइन, युट्युव र टिकटकमा निकै भाइरल भयो । कतिले उनलाई अशोभनीय भन्दै आलोचना गरे ।

झलनाथ खनालको कालीगढ भाषण

पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम नगरेको भन्दै आफ्नो आक्रोस व्यक्त गर्दै थिए ।

१४ पुसमा प्रदर्शनी मार्गमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीको आलोचनामा उनले केही शब्द खर्च पनि गरे ।

रानीपोखरी केपी ओलीले होइन, कालीगढले बनाएका हुन्ः झलनाथ खनाल

उनले भने,‘तपाईले केही गर्नुभएन, के गर्नुभयो भनेर सोध्यौं, उहाँले रानीपोखरी बनाएँ, धरहरा बनाएँ भन्नुभयो’, खनालले व्यंग्य गरे,‘के रानीपोखरी र धरहरा केपी ओलीले बनाएको हो, त्यो त कालीगढ, सिकर्मीले बनाएको हो । इन्जिनियरले बनाएका हुन, धन्यवाद छ उनीहरूलाई ।’

यस्तो हल्का अभिब्यक्तीपछि उनले विभिन्न ट्रोलको सामना गर्नुपर्‍यो ।

मन्त्री मणिचन्द्रको श्री ५ को सरकार

पछिल्लो पटक बोली चिप्लिएर विवादमा तानिएका मन्त्री हुन मणिचन्द्र थापा । मन्त्री बनेसँगै गत माघ १७ गते सुर्खेतमा आयोजित एउटा कार्यक्रममा सम्बोधनका क्रममा बोली चिप्लिएर उनले ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरे ।

उनका आलोचकहरुका लागि यही कुरा मसला बनिहाल्यो । उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याएपनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्यंग्यात्मक रुपमा भिडियो भाइरल भयो


उनले भनेका थिए,‘सुर्खेतका आदरणीय जनसमुदायहरु नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु ।’

उनले सम्बोधनका क्रममा यस्तो भन्दै ‘सरी’ भनेर सच्याएका थिए । पछि सामाजिक सञ्जालबाटै माफी पनि मागे । तर ‘मुखबाट निस्केको बोली  र बन्दुकबाट निस्केको गोली उस्तै’ भन्छन,मन्त्री थापाको हकमा पनि यही भयो ।

शिक्षामन्त्री कृष्णगोपालले देखाएको लीला

गत फाल्गुन १७ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दीक्षान्त समारोहको प्रमुख अतिथी थिए । त्यहाँ दीक्षित भएका विद्यार्थीलाई शिक्षा नीतिबारे होइन राजनीतिक गफ लडाए । जसले सामाजिक सञ्जाल निक्कै तात्यो ।

शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता छ : शिक्षामन्त्री श्रेष्ठ « Lokpath

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नहुने आशयको वक्तब्य दिएका थिए । उनले भनेका थिए,‘सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको छ । म पनि पावरफुल शिक्षा मन्त्री छु’,मन्त्री श्रेष्ठले भनेका थिए, ‘कोही माइकालाल जन्मेको छ ? केपी ओलीको कठालो समातेर सडकमा ल्याउने ? केपी ओली इज केपी ओली, फुटबलको पेले जस्तै हो ।’

‘पिडुँला देखाएर सांसद भएको’ रघुजी पन्तको अभिव्यक्ति

गत फागुन १५ गते एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पूर्वमन्त्री तथा एमाले नेता रघुजी पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरे ।

पन्तले यसो भनेको भिडियोले सामाजिक सञ्जाल तातियो ।

पन्तले ‘२० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै सांसदको टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको’ बताएका थिए ।

नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन,कपाल फुलेका बुढीहरुले केही पाएनन’ पन्तको भनाइ थियो ।
पन्तको यस्तो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको बताउँदै वली अदालत पनि पुगिन् ।

यस्तै गैरजिम्मेवार टिप्पणीका कारण यो बर्ष यस्तै अनेक पात्र समाजमा आलोचित बने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?