आजको फलफूल र तरकारीको बजारभाउ : कुरीलो प्रतिकेजी ६५० रुपैयाँ (मूल्यसूची)

लोकपथ
0
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सावर्जनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी ९० रुपैयाँ, आलु रातो प्रतिकेजी ३२ रुयैयाँ ५० पैसा, आलु रातो (भारतीय) प्रतिकेजी २५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकेजी ६५ रुपैयाँ, काउली (तराई) प्रतिकेजी ५५ रुपैयाँ, अनार प्रतिकेजी २९० रुपैयाँ रहेको विकास समितिले जनाएको छ ।

यस्तै कुरीलो प्रतिकेजी ६५० रुपैयाँ, कोइरालो प्रतिकेजी २२५ रुपैयाँ, खुर्सानी हरियो (अखबरे) प्रतिकेजी २२५ रुपैयाँ, कागती प्रतिकेजी २४५ रुपैयाँ, किवि प्रतिकेजी ४२५ रुपैयाँ, काक्रो (लोकल) प्रतिकेजी ८५ रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ३१० रुपैयाँ, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ रहेको छ ।

यस्तै ग्याठ कोवी प्रतिकेजी ४५ रुपैयाँ, घिरौला प्रतिकेजी ७५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ११५ रुपैयाँ, चमसूरको साग प्रतिकेजी ७५रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी २२५ रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३१० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ११५ रुपैयाँ, जिरीको साग प्रतिकेजी ६५ रुपैयाँ, ताजा माछा (मुंगरी) प्रतिकेजी २२५ रुपैयाँ, ताजा माछा (रहु) २७५ रुपैयाँ रहेको छ ।

यस्तै तोफु प्रतिकेजी ७५ रुपैयाँ, तितो करेला प्रतिकेजी ६५ रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ, पर्साले प्रतिकेजी १३५ रुपैयाँ, पुदीना प्रतिकेजी १३५ रुपैयाँ, पिंडालू प्रतिकेजी ५५ रुपैयाँ, बरेला प्रतिकेजी ७५ रुपैयाँ, मटरकोशा प्रतिकेजी ११० रुपैयाँ, मूला सेतो (लोकल) पैतिकेजी ५५ रुपैयाँ, मेथीको साग प्रतिकेजी ७५ रुपैयाँ, मौसम प्रतिकेजी १९५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?