सुपर लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सोमवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्दै छन् ।

उद्घाटन खेल बैशाख ११ गते हुनेछ । काठमाडौं र ललितपुरबीचको खेल साँझ ५:३० बजे शुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । बैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

खेल तालिका : 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?