सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड सार्वजनिक गर्दै

लोकपथ
0
Shares

काठमाडौं । सरकारले देशमा कोरोनाको दोस्रो लहर फैलिएपछि जनस्वास्थ्यका नयाँ मापदण्ड सार्वजनिक गर्ने भएको छ ।

आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराउन लागेका हुन् ।

मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो ।

मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशबासीलाई उपप्रधामन्त्री पोखरेलले अपील गर्न लागेका हुन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकारका तर्फबाट सर्वसाधारणलाई त्यसबारे जानकारी गराउँदै सार्वजनिक रुपमा अपील गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?