भोलिदेखि सवारी चालक र सहचालकलाई चिनियाँ कोरोना खोप लगाइने

लोकपथ
0
Shares

काठमाडौं । बुधवार अर्थात भोलिदेखि सावारी चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिने व्यक्तिललाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

यस्तै मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए।उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।

यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड–१९ विरुद्धको खोप लगाउन सक्ने छन्। उनले भोलिदेखि नै उनीहरुलाई खोप लगाउने काम शुरु हुने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?