बंगालकी मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचार गर्न प्रतिबन्ध

लोकपथ
0
Shares

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई चुनाव प्रचार गर्न प्रतिबन्ध लगाएको छ । मुख्यमन्त्री बनर्जीलाई भारतको निर्वाचन आयोगले एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको हो । चुनाव प्रचारको प्रतिबन्ध सोमवार रातिदेखि लागू भएको छ।

केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको भन्दै निर्वाचन आयोगले एक दिनका लागि मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचारमा प्रतिबन्ध लगाएको जनाएको छ।

पश्चिम बंगाल विधानसभा निर्वाचन २७ मार्चदेखि शुरु भएको थियो । आठ चरणमध्ये चार चरणको चुनाव सम्पन्न भइसकेको छ । चार चरणको चुनाव बाँकी रहेको बेला ममतामाथि प्रतिबन्ध लगाइएको हो।

आफू माथि प्रतिबन्ध लगाएको निर्वाचन आयोगको निर्णयलाई ममताले अलोकतान्त्रिक र असंवैधानिक भनेकी छन् । त्यसविरुद्ध मंगलवार कोलकाताको गान्धी मूर्ति अगाडि धर्नामा बस्ने घोषणा उनले गरेकी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?