कोरोना भाइरसको अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

लोकपथ
0
Shares

काठमाडौं । विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बताएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न सबैमा आग्रह गरेको छ ।

डब्लयूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिए ।

समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः शुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उनले भने । डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?