१४ मङ्सिर २०८०, बिहीवार

टिकट वितरणमा वाम गठबन्धनको रणनीति : कांग्रेस ‘सक्याउने’ !

२०७४,आश्विन,२०,शुक्रवार ०१:४४

0
Shares

काठमाडौं, २० असोज- वाम गठबन्धनले वर्चस्वका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । निर्वाचन क्षेत्र निर्धारण गर्न गठित कार्यदलको बिहीबारको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल भएको छ । ‘निर्वाचन क्षेत्र बाँडफाँट गर्दा कहाँ कसले निर्वाचन जित्न सक्छ, त्यसैलाई मुख्य आधार बनाएर जसरी पनि जित्ने गरी क्षेत्र निर्धारण गर्ने तयारी छ’, कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने ।कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवारले निर्वाचन जित्न सक्छन् भन्ने आधार खोजी गरी यही असोज २२ गतेभित्र निर्वाचन क्षेत्रको टुंगो लगाउने समझदारी कार्यदलमा भएको खबर अन्नपूर्ण पोस्टमा छ । नयाँ शक्तिलाई समझदारीमा आवश्यकताका आधारमा र बाँकी क्षेत्रमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने सहमति गरेका ती दलले आफ्नो पकड रहेको निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाउनेछन् । त्यसका लागि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा पार्टीहरूले प्राप्त गरेको मत र जितेका क्षेत्रलाई आधार बनाएर भागबन्डा गर्ने तयारी छ ।तीन दलको पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण समिति र निर्वाचन घोषणापत्र मस्यौदा समितिको बिहीबारको संयुक्त बैठकमा शीर्ष नेताहरूले कार्यदललाई त्यस्तो म्यान्डेट दिएपछि कार्यदलले तयारी गरेको हो । 

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८