खनाल–नेपाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा

लोकपथ
0
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।

खनाल–नेपाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ ।

खनाल–नेपाल पक्षले ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?