प्रधानमन्त्रीको आलोचना गर्दै भीम रावलले भने–देशघाती

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको प्रसंगमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशघातीको संज्ञा दिएका छन्। नेता रावलले समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई देशघातीको संज्ञा दिँदै चर्काे आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सभामुखलाई एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रश्न गरेको भन्दै राष्ट्रलाई असर पार्ने कुनै पनि काम रोक्ने अधिकार हरेक देशभक्ति नागरिकको कर्तव्य भएको टिप्पणी गरेका हुन्।

बरु त्यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने भन्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन्। नेता रावलले सोमवार राति सामाजिक सञ्जालमा लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?