दोलखामा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं । दोलखामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ । गए राति साढे १० बजे दुर्घटना भएको हो । ओभर लोडका कारण दुर्घटना भएको घिमिरेले जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?