काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले पहिला फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न प्रस्ताव पनि गरेका छन् ।
बैठकमा खुला खुलस्त छलफल गरौं । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं । पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने सबै तयार होऔं। ’
महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गर्दै स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्ने र परिणाम सबैले स्वीकार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यस्तै पार्टीलाई एकताबद्ध राख्दै आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खानुपर्नेमा पनि उनले जोड दिएका छन् ।
उनले भनेका छन्, ‘जमिनमा टेकौं र जनता तर्फ फर्कौं । यसैमा छ सबैको भलो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया