लुटपाटमा संलग्न दुईजना पक्राउ

तनहुँ । सुन लुट्ने कार्यमा संलग्न २ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतवार दिउँसो व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिकचोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्क्ली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको प्रहरीले जनाएको छ ।

रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाँटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख ५८ हजार एक सय पचास रुपैयाँ बराबरको लुटपाट गर्ने कार्यमा संलग्न धादिङका सम्शेर सुनार र प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?