सर्वाेच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुगेको फैसला

लोकपथ
0
Shares

काठमाडौं–सर्वोच्च अदालतले न्यायाधीसमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्चको न्यायाधीश बन्न योग्य भएको फैसला गरेको छ।

सोमवार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको योग्यतालाई लिएर दायर भएको रिट खारेज गर्ने फैसला गरेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुवेदीको सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि योग्यता नपुग्ने भन्दै सिफारिस गर्ने निकाय न्याय परिषद्लगायतका विरुद्ध रिट दायर गरेका थिए।

न्यायाधीश केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको भन्दै संविधान अनुसार योग्यता पुग्ने फैसला गरेको हो।

संविधान बमोजिम सर्वोच्चको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ । गत २८ फागुनमा न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

सुवेदीको योग्यता नपुग्ने भनेर अधिवक्ता भण्डारीले सर्वाेच्चमा रिट दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?