२२ जेष्ठ २०८०, सोमवार

किन भयो तालमेलले ब्युरोक्रेसी उत्साहित ?

२०७४,आश्विन,२०,शुक्रवार ०१:४१

0
Shares

काठमाडौं, २० असोज- दलीय ध्रुवीकरणले राजनीति र प्रशासनमा स्थिरता आउन सक्ने भन्दै प्रशासनिक क्षेत्र पनि उत्साहित र तरंगित बनेको छ ।प्रशासनिक क्षेत्र (ब्युरोक्रेसी)लाई स्थायी सरकारका रूपमा लिइन्छ । राजनीतिक र प्रशासनिक नेतृत्व एकअर्काका परिपूरक पनि हुन् । राजनीतिक स्थिरता हुन सके ब्युरोक्रेसीले कुशलतापूर्वक काम गर्न सक्ने र राजनीतिक नेतृत्व पनि सफल हुने प्रशासकहरूको विश्वास छ ।दुई दशकयता ठूलो राजनीतिक परिवर्तन भए पनि अस्थिरताका कारण सरकार र ब्युरोक्रेसी दुवै ‘निकम्मा’ देखिएका छन् । अहिले देखिएको दुई राजनीतिक धारका कारण स्थिरता कायम हुन सक्ने भन्दै प्रशासनिक क्षेत्र उत्साहित बनेको उनीहरूले बताएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले राजनीतिक ध्रुवीकरणका बारेमा ब्युरोक्रेसीले कुनै धारणा नबनाए पनि रुचिपूर्ण रूपमा हेरिरहेको बताए । ‘दुईवटा राजनीतिक धारको विकाससँगै स्थिरता कायम हुन सके सजिलै समृद्धिको ढोका उघ्रन सक्छ’, मुख्यसचिव क्षेत्रीले भने, ‘त्यसैले यसलाई हामी सबैले सकारात्मक रूपमा लिएका छौं ।’विगतमा राजनीतिक स्थिरता हुन नसक्दा प्रशासनिक क्षेत्र पनि अस्थिर बनेको र विकास प्रक्रिया सुस्त भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१