कोरोनाबाट तनहुँ र कास्कीमा दुई जनाको मृत्यु

RSS
0
Shares

तनहुँ गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज (सोमवार) दुई जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?