२०७८,बैशाख,२९,बुधबार

यु-१९ राष्ट्रिय क्रिकेट टोलीलाई चौधरी ग्रुपले प्रायोजन गर्ने


काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न आज (सोमवार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ ।

राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबापत् चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो ।

 

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गरे । क्यान क्रिकेट निर्देशक विनोद दाशले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिए । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताए ।

प्रकाशित मिति: २०७७,चैत्र,३०,सोमवार १७:२१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बुधवार) खेलिएको एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले

काठमाडौं ।  स्पेनिश ला-लिगामा बिहीवार एथ्लेटिको मड्रिड र रियल सोसिड्याड प्रतिस्पर्धा गर्दै छन्। राति १:४५ बजे खेलिने उक्त खेलले एथ्लेटिको

काठमाडौं ।  इटालियन ‘सिरी-ए’को उपाधि इन्टर मिलानले जितिसकेको छ। तर ‘सिरी-ए’को उत्साह र रोमाञ्चकतामा भने केही कमि आएको छैन। साविक

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज रातिको खेलमा चेल्सी र आर्सनल प्रतिस्पर्धा गर्दै छन्। इंग्लिश फुटबलमा ठूलो महत्व बोकेको

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५