काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् ।
सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलको निधनप्रति दुख व्यक्त गरेका हुन् ।
चितवन निवासी पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ हुन् ।
सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु। स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया