मानवअधिकार समितिमा प्रचण्ड, कुन समितिमा को ? (नामावलीसहित)

काठमाडौं । संसदको विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर भएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसबारे जानकारी गराएका छन् ।

जसअनुसार घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ समितिमा राखिएको छ । त्यस्तै गिरिराजमणी पोखरेल र योगेशकुमार भट्टराई शिक्षा तथा स्वास्थ्य समितिमा नियुक्त गरेको हो ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?